'भ्युटावर' मात्रै हाेइन अन्तरिक्षमासमेत आफ्नो स्पेस कायम गरेका छाैं : ओली
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १३:१४:०० मा प्रकाशित

काठमाडौं । विकासको नाममा अनावश्यक 'भ्युटावर' बनाउने काम भइरहेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँगाउँमा विकासको बेग्लै अभियान थालेको बताएका छन् ।
मंगलबार तिलोत्तमा नगरपालिकाको व्यवसायिक बहुउद्देश्यीय भवन (भ्युटावर) उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकारले नै 'भ्युटावर' बनाउने साेचकाे विकास गरेकाे प्रष्ट पारे ।
'एमालेकाे सरकार नबनेको भए 'भ्युटावर' बनाउने सोच आउने नै थिएन । यतिको भ्युटावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणयता भन्ने हो भने आउने थिएन। किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए ओलीले भने ।
ओलीले 'भ्युटावर' यस सम्बन्धी अवधारणको अपनत्व लिएका हुन् ।
उनले २०५१ सालमा एमालेको सरकार बन्दाखेर हामीले 'आफ्नो गाउँ आफैं बनाऔँ' अभियान लगेर गाउँगाउँमा विकासको बेग्लै अभियान थालेको बताए । पछिल्लो पटक सरकारको नेतृत्व गरेको तीन वर्षमा विकासका लागि अन्तरिक्षमा आफ्नो स्पेस कायम गर्नेदेखि समुद्रमा अधिकार स्थापित गरिएको उनले बताए ।
ओलीले एमाले नेतृत्वको तीनवर्षे सरकारले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यूटावरको उद्घाटन गर्दै ओलीले भने, ‘एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा छ, चुनाव आउँदैछ एमाले नेतृत्वमा आएपछि के के भयो त्यो जनमानसमा लैजाऔं, आत्तिएकाहरू अरु छटपटाउछन् सर्वसाधारणलाई यथार्थ विषय पुर्याऔं ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस