विश्व

शान्तिवार्तामा रुसी अर्बपति अब्रामोभिचलाई सन्दिग्ध विषको असर

  • १५ चैत मंगलबार, २०७८ | ०८:००:०० मा प्रकाशित

रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन-बेलारुस सीमामा भएका शान्तिवार्तामा सन्दिग्ध विषको असरयुक्त लक्षणसाथ देखिएको उनीनिकट स्रोतहरूले जनाएका छन्।

चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको थियो।

दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।

अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ 'वातावरणीय' पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन्।

र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू 'ठिक' भएको र उक्त खबर 'झुटो' रहेको बताएका छन्।(बीबीसी)

तपाईँको मत