चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १७:१४:०० मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका छन् । १९ सदस्यीय टोलीसहित वाङ केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आइपुगेका हुन् । चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए ।
मन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली वाङको स्वागतका लागि विमानस्थल पुगेको हो । वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।
नेपाल भ्रमणको क्रममा वाङले परराष्ट्रमन्त्री खड्कासहित प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिरः परराष्ट्र मन्त्रालय

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस