शेखर समूहले १४ चैतमा तरुण भेला गर्दै
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १६:२९:०० मा प्रकाशित

काठमाडाैं । तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्तिको विरोधमा नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले तरुण दलकाे छुट्टै भेलाको आयोजना गर्ने भएको छ ।
शेखर समूहले चैत १४ गते दिउँसो १ बजे अनुपम फुड्ल्याण्डमा भेलाको आयोजना गरेको हो ।
गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघको तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई तोकिएका थिए । सभापतिले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्ष असन्तुष्ट छ ।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’
सो भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू उपस्थित हुने जनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस