तातोपानी भन्सार नाकाबाट रासायनिक मल भित्रियो
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १४:१०:०० मा प्रकाशित

सिन्धुपाल्चाेक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए ।
रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।
सुनकोसीका सबै घरमा खानेपानी
सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ । बिहीबार एक कार्यक्रमबीच पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गर्नुभएको थियो । उद्घाटनकै क्रममा नेता बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा घोषणासमेत गरे ।
कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोसीको वडा नं १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडामा सञ्चालन हुने बताए । वडाका सम्पूर्ण घरधुरी तथा सङ्घ संस्थासहित ७८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडाध्यक्ष नेत्रबहादुर कार्कीले बताए । उनका अनुसार वडाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने यो वडा नेपालमै पहिलो हो ।
अत्यन्त सुक्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखि यहाँका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेको यो वडामा अब करिब छ महिनाको सुक्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिप बोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानबाट खानेपानीको आपूर्ति भइरहेको वडाध्यक्ष कार्कीले बताए । वर्षायामको समयमा करिब शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी ‘सिस्टम’मा जोडेर खानेपानीको आपूर्ति गरिएको छ ।रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस