माेटरसाइकल दुर्घटनामा चालकसहित दुई जनाकाे निधन
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १६:२२:०० मा प्रकाशित

काठमाडाैं । माेटरसाइकल दुर्घटनामा दुई जनाकाे निधन भएकाे छ । काठमाडौँको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवकको निधन भएकाे हाे ।
टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको निधन भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले पल्सर बाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएका थिए । उनीहरुलाई बल्खुस्थित वयोधा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै, टाटा सुमोमा यात्रा गरिरहेका दुई जना पनि घटनामा घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी भए पनि अर्काको पहिचान खुलिसकेको छैन । टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल सडकभन्दा करिब २५ मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस