स्वास्थ्य

मुलुकभर ४५ जनामा कोरोना संक्रमण पुष्टि, १४७ संक्रमणमुक्त

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।

सोमबार १४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ३१३५ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा २९७८ पीसीआर तथा १७७४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता