सम्पूर्ण देवापातेद्धारा लिखित ''सि लिभ्स् सम्वोयर् एल्स्'' कथा संग्रह विमोचन कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १२:५०:०० मा प्रकाशित
काठमाडाैं । माछापुच्छ्रे स्कुल ललितपुरका प्रिन्सिपल सम्पूर्ण देवापातेद्धारा लिखित she lives somewhere else नामको कथा संग्रह शनिबार माछापुच्छ्रे स्कुल ललितपुर कुसुन्तिमा एक कार्यक्रमकावीच विमोचन गरिएकाे छ । सोहि स्कुलका अध्यक्ष डा. विनोद प्रसाद यादव मार्फत पुस्तक बिमोचन गरिएको हो । पुस्तकमा कथाकार देवापाटेका १० वटा कथाहरु समावेश छन् ।
कार्यक्रममा माछापुच्छ्रे स्कुल ललितपुरका अध्यक्ष डा. विनोद प्रसाद यादवले वर्तमान सामाजिक परिवेशमा लेखिएका सुन्दर कथाहरुको संग्रहले समाज रुपान्तरणमा केहि मात्रमा भएपनि उल्लेखनिय भुमिका निर्वाह गर्न सहयोग पुग्न सक्ने विश्वास गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
पुस्तकको समिक्षा गर्दै लेखक तथा साहित्यकार भिम प्रसाद काफ्लेले देवापातेको कथा संग्रहमा केहि कथाले पाठकलाई गुरु प्रसाद मैनालिको “नासो” मुन्सी प्रेमचन्दनको “कफन” र कतिपयले विलियम वर्डस्वर्थको “द सोलिटरी रीपर” कविताको याद दिलाउने र कृतिकारको यो पहिलो कथा संग्रह भए पनि उहाँका कथाहरुमा अथाह मानविय संवेदना, व्यथा र भावनाले भरिएको बताए ।
कथाकार सम्पूर्ण देवापातेले कोभिड १९ को समयमा नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै कथा संग्रहको रुपमा पाठक बीथ प्रस्तुत गरेको साथै उक्त कृति प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्ति हरु प्रति कृतज्ञ रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस