देउवा भेट्न किन बालुवाटार पुगे प्रकाण्ड ?
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १२:३७:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेका छन् । तत्कालीन नेकपा एमाले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेको प्रकाण्डले तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले उक्त तस्बिरमा ‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ मात्र लेखेका छन् । उनले भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन ।
यस्तो छ तत्कालिन केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीनबुँदे सहमति
१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ ।
२.नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस