क्रिप्टोकरेन्सीमा लगानी गर्ने दुई जना विरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १४:१८:०० मा प्रकाशित

काठमाडाैं । राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा लगानी गरि अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङको रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षिय पुस्कर श्रेष्ठ र सोहि ठाउँकी २३ वर्षिया बिनिता लिम्बुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठ र लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी मुद्दा दर्ता गरेकाे विभागले जानकारी दिएकाे छ । राजस्व अनुसन्धान विभागका अनुसार उनीहरु दुबैजनाको विभिन्न बैंकमा रहेका बैंक स्टेटमेन्टहरु, प्राप्त डाटाहरु, कल डिटेल र मोबाईल बरामद गरिएको थियो । यी विवरणमा संलग्न प्रमाणबाट उनीहरुले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहेको देखिएको छ ।
श्रेष्ठ र लिम्बुले 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरेको विभागले जनाएको छ । पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ ८५ पैसा, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआईसि एशियाबाट एक करोड ८२ लाख ४९ हजार र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार गरि जम्मा ७ करोड ५७ लाख ७१ हजार र बिनिता लिम्बुले एनआईसि एशियाबाट दुई करोड १६ लाख ९८ हजार गरि जम्मा ९ करोड ७४ लाख ६९ हजार विदेशी विनिमय विपरित निषेधित कसूर गरेको पुष्टि हुन आएको विभागले जनाएकाे छ ।
साथै उनीहरुले सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागको आरोप रहेको छ ।उनीहरु विरुद्ध बिगो जफत गरी सजाय हुन र तीन वर्षसम्मको कैद सजायको मागदावी सहित मुद्दा दायर गरिएको विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस