शेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब ८७ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १५:१५:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारका पहिलो दिन आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से १०१.०७ अंकले बढेर दुई हजार ६ सय ६७ दशमलब ९७ विन्दुमा पुगेको नेप्सेले जनाएकाे छ ।
आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८८ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।
नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज ३४ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस