सुनकाे मूल्य बढेकाे बढ्यै, रुस युक्रेन युद्धकाे असर सुनचाँदीमा
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ११:१८:०० मा प्रकाशित
काठमाडाैं । सुनकाे मूल्य दिनहुँ बढिरहँदा यसअघिकाे हालसम्मकै उच्चमूल्य नजिक पुग्न लागेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्न पुगेको हो ।
आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन १ हजार १०० रुपैयाँ बढेर १ लाख ३ हजार पुगेको छ । यो हालसम्मको उच्च मूल्यभन्दा ५०० रुपैयाँ मात्र कम हो । छापावाल सुनको मूल्य २०७७ साउन २३ गते हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
सोमबार तेजाबी सुनको मूल्य भने १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ ।
साेमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८९ डलर तथा चाँदी प्रतिऔंस २५.९० डलर आसपासमा कारोबार भैरहेको छ । हिजो आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७० डलर तथा चाँदी प्रतिऔंस २५.७३ डलरमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार-चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
रुस युक्रेन युद्धमा अमेरिकादेखि अन्य राष्ट्रहरुको समेत प्रतक्ष्य-अप्रतक्ष्य संलग्नताका कारण विश्व बजारका लगानीकर्ता तथा व्यवसायीहरूले सुनमा लगानी बढाएका छन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
सुन आयात कोटा आधा घट्यो, दैनिक १० किलो सीमा तोकियो
यसैगरि, नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाण आधा कटौती गरेको छ । आइतबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले सुन आयातको कोटा दैनिक १० किलोग्राममा झरेको हो ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।
संसोधित व्यवस्था अनुसार अब अन्तर्राष्ट्रिय बजारबाट बैंक तथा वित्तीय संस्थाहरुले दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाउनेछन् । हाल दैनिक २० किलो सुन आयत हुँदै आएको थियो ।आयात कोटा आधा घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा पुस मसान्त आइपुग्दा १६.७ प्रतिशत अर्थात २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँले घटेर ११ खर्ब ६५ अर्ब ८० रुपैयाँमा झरेको छ ।
यस्तै २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलरमा सञ्चिति रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले घटेर ९ अर्ब ८९ करोड डलरमा झरेको छ । सुन आयातमा विदेशी विनिमय सञ्चितिको ठूलो हिस्सा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस