आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | ०७:५८:०० मा प्रकाशित
काठमाडाैं ।नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ ।
एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ ।
यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो । वर्षमान नेपाल फर्किसकेका छन् ।
पदाधिकारीमा को–को हुने भन्ने टुंगो भने लागिसकेको छैन । महासचिव पदमा नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबेदारी छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी चयन रहेको बुझिएको छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।
अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।
माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस