प्रेस युनियन कास्कीको आधारभूत पत्रकारिता तालिम
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १८:३७:०० मा प्रकाशित

पोखरा । नेपाल प्रेस युनियन कास्कीको आयोजनामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने तालिममा विभिन्न संचारमाध्यममा कार्यरतसहित करिब ५५ जना प्रशिक्षार्थी सहभागी छन् ।
तालिमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षाको लागि संचारजगतको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकारकै कारण देशमा विभिन्न किसिमका आन्दोलन सफल भएको चर्चा गर्दै उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले प्रदेश सरकारले पत्रकारमैत्री कानुनमैत्री ल्याउने आश्वासन दिए । उनले संसदमा रहेको मिडिया विधेयक पत्रकारको रायसुझाव अनुसार नै आवश्यक संशोधनसहित पारित गर्ने बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता सधै प्रयोगशाला हो भन्दै पत्रकारितामा वरिष्ठ होस् वा कनिष्ठ सबै उत्तिकै अध्ययनशील हुनुपर्ने बताए ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पत्रकारको लागि ल्याइएको पेन्सन सुविधा तथा पत्रकारको २५ प्रतिशत तलब सुविधा वृद्धिमा पत्रकार महासंघको लामो समयदेखि पहल रहेको स्मरण गराइन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकारितामा लोकप्रिय हुने वा नहुने भन्ने विषय स्वयं पत्रकारकै भर पर्ने बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताइन् ।
युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्की सल्लाहकार तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले पत्रकारको हकहितको पक्षमा बोलेका थिए ।
तालिमका प्रमुख प्रशिक्षकमा सन्तोष पोखरेल हुन् भने प्रशिक्षकहरु रमेश पौडेल, गंगाधर पराजुली, रवीन्द्र बास्तोला, सरिता तिमिल्सिना पगेनी, नारायण शर्मा, विमला भण्डारी, राजबहादुर गुरुङ, बासु मिश्र, भानु पराजुली, बासुदेव पौडेल लगायत छन् । तालिममा पत्रकारिताको सिद्धान्त, फिचर लेखन शैली, बोल्नेशैली, पत्रकारिताको आचारसंहिता, भाषणशैली, पत्रकारितामा भाषा, पत्रकारको विगत, वर्तमानको अवस्था, अग्रज पत्रकारको अनुभव लगायत विषय रहेका छन् ।
यसैबीच, समारोहमा आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्मालाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस