शुक्रबार नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड हुने
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १४:३२:०० मा प्रकाशित
काडमाडाैं । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा भएकाे थियाे ।
जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हाे ।
फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस