एमालेकाे पनि सहयाेग छ, एमसीसी पारित हुनु विकासमा नयाँ अध्याय प्रारम्भ हाे : प्रवक्ता महत
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १७:०१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित हुनु विकासकाे नयाँ अध्ययाय प्रारम्भ भएकाे जनाएकाे छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित भएपछि विकासमा नयाँ अध्याय शुरू भएकाे र यसमा देखिएका भ्रम निवारण भएको बताएका हुन् ।
‘एमसीसीको सन्दर्भमा भ्रम निवारण संसदमार्फत गरिएको छ । भ्रम र अन्योल हटेको छ । औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’ उनले पत्रकार सम्मेलनमा भने ।
उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरे । महतले राजनीतिक कारणले सम्झौता संसद्बाट अनुमोदन गराउन एमालेले औपचारिक रुपमा सहभागिता नजनाएपनि अनौपचारिक रुपमा सहयोग गरेको बताए ।
एमसीसी अनुमोदनले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको प्रवक्ता महतले दावी गरे । ‘केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ । बुझाइमा समस्या रहे हामी बुझाउँछौं’ उनले भने ।
एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको भन्दै उनले भने, ‘हाम्रो बुझाइ र अमेरिका बुझाइमा समानता छ । आयोजना बढ्नेमा यस अनुमोदन ले पुष्टि गरेको छ । विकासमा नयाँ अध्याय प्रारम्भ भएको छ ।’
उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसद्बाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिए ।
‘एमसीसी सही ढंगले संसद्ले पारित गर्यो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौं । समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसद्ले एमसीसी परियोजनालाई पारित गरेको छ । अब यसमा रहेको भ्रम र अन्योलको माहौललाई समाप्त गरेको छ’, महतले भने, ‘र, यो क्रममा हाम्रो पार्टी सभापति, प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीकासाथ यो परियोजनालाई संसद्बाट पारित गर्ने आधार तयार भयो । नेपाली कांग्रेस पार्टी नै एउटा यस्तो पार्टी हो, जसले परिपक्व निर्णय गर्छ। र, निर्णय गरिसकेपछि त्यसमा उभिन्छ भन्ने सन्देश पनि गएको छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस