मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं.१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई लागि सहयोग गरेको छ ।
बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रम बीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रवन्धक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातावरण मिल्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस