नेप्सेमा उच्च अंकको गिरावट, ३ अर्ब ६६ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १५:१४:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारको दोस्रो दिन सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४३.१० अंकले घटेर दुई हजार ६ सय १० दशमलब ६० विन्दुमा रोकिएको हो । आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो ।
आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ३ अर्ब ६६ करोड एक लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आइतबार ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस