नेप्सेमा उच्च अंकको गिरावट, ३ अर्ब ६६ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | १५:१४:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारको दोस्रो दिन सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४३.१० अंकले घटेर दुई हजार ६ सय १० दशमलब ६० विन्दुमा रोकिएको हो । आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो ।
आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ३ अर्ब ६६ करोड एक लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आइतबार ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस