गाउँ सहर
यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १२:१८:०० मा प्रकाशित

काठमाडाैं । शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ खोलाबगरमा बा २ ख ६५८८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हाे ।
घाइतेहरुको बोडेगाउँ अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएकाे छ । चालक र सहचालक फरार रहेकोले खोजी कार्य भइरहेकाे जनाइएकाे छ ।
बगर मोडमा ब्रेक नलागेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । बस काठमाडौंबाट इन्द्रावती गाउँपालिका आउँदै गरेको थियो ।
हेलम्बु यातयातकाे उक्त गाडी ५ : १५ बजे पल्टिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस