सात लाख ठगी गर्ने दुईजना पक्राउ
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:५७:०० मा प्रकाशित

काठमाडाैं । ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले रौतहट माधबनारायण नगरपालिका-२ घर भई पर्सा वीरगञ्ज बस्ने सुभम साह र बारा महागढिमाई नगरपालिका-१० घर भई पर्सा वीरगञ्ज बस्ने सर्फराज आलमलाई आइतबार दिउँसो पक्राउ गरेको हाे ।
ई-सेवाले बोनस बाँड्दैछ, आफ्नै ई-सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी बिश्वासमा पारी ई-सेवा आईडीको ओटिपी प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
ठगी गरेको उक्त रकमले टिकटकमा विक्रीको लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी उनीहरूले पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेकाे छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ ।
थप अनुसन्धानको लागि उनीहरूलाइ काठमाडौंमा पठाईएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस