अर्थतन्त्र

आइएमई जनरल इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गाउँ सहर संवाददाता