सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | ०९:००:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।
लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४:४५ बजे सुरु हुनेछ ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस