एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाकाे राजीनामा माग, गलत सूचना दिएर अफवाह फैलाएको आरोप
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेकाे छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको एमालेले बताएको छ ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’
मन्त्री खतिवडाले हालै एउटा अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागले बताएको छ । भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ ।’
संघीय सांसदहरुलाई निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले १९ फागुन २०७७ मा सिभिल अस्पतालमा पहिलो मात्र कोरोना खोप लगाएका थिए । ‘सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गर्नुभएको छ,’ विभागले भनेको छ, ‘उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले Batch no. Batch no 4120Z004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’
स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि गलत सूचना दिएर अफवाह फैलाएको एमालेको आरोप छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस