सवारी चालक अनुमति पत्रको परीक्षा तालिका सार्वजनिक, कहिले र कहाँ ? (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १२:४४:०० मा प्रकाशित
काठमाडाैं । सवारी चालक अनुमति पत्रको लागि परीक्षा तालिका सार्वजनिक भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ठुलोभर्याङ काठमाडौंले लाइसेन्सको लागि ट्रायल परीक्षाको पर्खाइमा रहेकाहरुका लागि बुधबार एक सूचना प्रकासित गरेको हो ।
आज राजश्व बुझाएकाहरुको लिखित परीक्षा आगामी फागुन ३ गते लिखित परिक्षा हुने भनिएको छ । उक्त परिक्षा ठुलोभर्याङ कार्यालय परिसरमा बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
वर्ग थपको राजश्व बुझाएकाहरुको पनि ट्रायल परिक्षा सञ्चालनबारे सूचना सार्वजनिक गरिएको छ । वर्ग थपको मोटरसाइकल, स्कुटर र मोपेडको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने अन्य कार जिप, डेलिभरी भ्यानको ट्रायल परीक्षा यहि माघ २७ गते हुने र मिनिबस र मिनि ट्रकको ट्रायल परीक्षा यहि माघ २८ गते हुनेछ भने बस, ट्रक, लरीको परिक्षा आगामी फागुन ४ गते हुने सूचनामा उल्लेख छ । ट्रायल परिक्षा भेहिकल एकेडेमी एण्ड रिसर्च प्राली गर्जुधारा काठमाडौंमा हुने जानकारी दिइएकाे छ ।
वर्ग थपकै लागि लरीको ट्रायल परीक्षा जे१-जे२ मेसिनरीको ट्रायल परीक्षा फागुन २ गते हुने जारी सूचनामा जनाइएको छ । यसको ट्रायल परिक्षा अनुश्री डि बी मोटर ड्राइभिङ गणेश चोक, नारायणथान बुढानिलकण्ठमा बिहान १० बजेदेखि हुने बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस