१२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो मात्रा खोप
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | ०८:१४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ ।
१२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउन पाउने भएका हुन् ।
शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।
पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिन लागिएको महानगरले जानकारी दिएको छ ।
काठमाडौं महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य सुरक्षााको मापदण्ड पूरा गरी खोप लगाउने व्यवस्था गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ ।
खोप लगाउनका लागि वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरेर खोप केन्द्र तोकिएका विद्यालयमा जान महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस