भारतरत्न लता मंगेशकर रहिनन्, कोरोना र निमोनियाका कारण मृत्यु
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १०:२०:०० मा प्रकाशित

आखिर जे डर थियो त्यही भयो । भारतले आफ्नो सबैभन्दा अमूल्य रत्न गुमायो । कोरोनाको कर्कशले भारतको आवाज टुंग्याइदियाे । आज मेलोडी क्वीन लता मंगेशकरले कोरोनासँगको लडाइँमा हारेर संसारलाई बिदाइ गरिन् । उनले आज मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिइन् । ९२ वर्षीया लताको कोरोना रिपोर्ट ८ जनवरीमा पोजेटिभ आएको थियो, त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनको भर्नाको खबर पनि दुई दिनपछि जनवरी १० मा सार्वजनिक भएकाे थियाे । उनले २९ दिनसम्म कोरोना र निमोनिया दुवैसँग मिलेर लडिन् ।
उनलाई ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको थियो । लामो समयदेखि लताको उपचार गर्दै आएका डाक्टर प्रतत सम्धानीको निगरानीमा चिकित्सकको टोलीले लताको उपचार गरिरहेको थियो । उपचारका क्रममा उनको स्वास्थ्यमा पनि सुधार देखिएको थियाे । उनलाई निरन्तर निगरानीमा राखिएको थियो । करिब ५ दिनअघि उनको स्वास्थ्यमा पनि सुधार आउन थालेको थियो । अक्सिजन निकालियो तर आईसीयूमा राखिएकाे थियाे ।
कोइली स्वरकी धनी, दिदी र ताई भनेर चिनिने लताको निधनले देशैभर शोकको लहर छ । फ्यानहरूले उनको स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका थिए तर आज यो नराम्रो खबरले करोडौं संगीत प्रेमीहरूको मन छोएकाे छ ।
सयौं पुराना गीतलाई आफ्नो स्वर दिने लता आज अनन्त यात्रामा गएकी छन् ।
अलविदा ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस