स्वास्थ्य
काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ४६३ जनामा संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | १७:५६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा ४६३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी थप ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित सबैभन्दा बढी काठमाडौंका ३१६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, ललितपुरमा १०४ र भक्तपुर जिल्लामा ४३ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल २५ हजार ९९५ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी काठमाडौं जिल्लामा १३ हजार ८६ जना सक्रिय संक्रमित छन् ।
यस्तै, ललितपुरमा नौ हजार ३२६ र भक्तपुरमा तीन हजार ५८३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस