कोभिड संक्रमण निरन्तर घट्दै
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १५:११:०० मा प्रकाशित
काठमाडाैं । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी भएकाे भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मंगबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ । भारतमा अहिलेसम्म ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस