काठमाडौंमा एकैठाउँबाट अनलाइन जुवा खेल्ने र खेलाउने ७४ जना पक्राउ
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | ११:३१:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् ।
उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस