६ महिनामा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | ०८:४३:०० मा प्रकाशित

काठमाडाैँ । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।
मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।
यस्तै ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ । ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ । यस्तै ४० अर्ब रुपैयाँको औषधी र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बिउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिकलगायतका वस्तु आयात भएको छ ।
भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इन्डोनेसियालगायतका देशबाट २६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको चामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । ६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
यो वर्ष बेमौसमी वर्षाको कारणले गर्दा यो वर्ष झन्डै ५ लाख टन धान उत्पादनमा कमी आएको छ । गत असोज ३१ र कात्तिक १-२ मा परेको वर्षाले बाली सखाप पारेको थियो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार २०७८/०७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएकोमा धान उत्पादन ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टनमा झरेको छ । अघिल्लो वर्षको तुलनामा ४ लाख ९१ हजार ८५ टन कमी भएको मन्त्रालयले जानकारी दिए । गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।
अघिल्लो वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष समयमै मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा ३ हजार ९ सय ४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस