स्वास्थ्य

उपत्यकामा एकै दिन थपिए ४६७६ जना कोरोना संक्रमित

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा  ४ हजार ६७६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएकाे छ । 

बितेकाे २४ घण्टामा देशभर १० हजार ३१९ जना संक्रमित थपिएका छन् भने चार जनाको निधन भएको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत