वातावरण

देशको पश्चिमी तराईको भू-भागका थोरै स्थान तथा मध्य र पूर्वी भूभागका केही स्थानमा हुस्सु/कुहिरो

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा गौचर एयरपोर्ट काठमाडाैँका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदली छ । देशको पश्चिमी तराईको भू-भागका थोरै स्थान तथा मध्य र पूर्वी भूभागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाले बिहानको समयमा देशका तराई भू-भागका केही स्थानहरूमा कुहिरो/हुस्सु लागेको र अपरान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने बताउँदै चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता