स्वास्थ्य

हिजोको भन्दा आज संक्रमण घट्यो, थप तीनजनाको दुखद निधन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको काेराेना परीक्षण गर्दा नयाँ १० हजार ७०३ संक्रमित थपिएका छन् जुन हिजोको भन्दा कम हो ।

यो अवधिमा तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा स्वास्थ्य लाभ गर्नेको संख्या ७६६ छ । योबीचमा ३ लाख ७ हजार ४०१ जनाले खोप लगाएका छन् ।

देशमा अहिले सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ छ । देशभर १५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

१४ जिल्लामा ५०० बढी, १५ जिल्लामा २०० बढी संक्रमण रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत