उपत्यका भित्रका धार्मिकस्थलमा नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १४:३८:०० मा प्रकाशित

काठमाडाैं । कोरोना संक्रमणको जोखिम वढन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय लिएका छन् ।
बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ । अहिलेलाई यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।
सवै प्रकारका आमसभा, जुलुस, सभा भेला वा धेरै मानिस सहभागी हुने कार्यक्रमहरु माघ मसान्त सम्म सञ्चालन गर्न नपाइने, गोष्ठि भेला सेमिनार गर्ने परेमा भर्चुअल माध्यमवाट गर्नुपर्ने जिप्रका ललितपुरले जनाएको छ ।
तिन वटै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल, डान्सवार माघ १५ गतेसम्म वन्द गर्ने निर्णय पनि गरेको छ । दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव,जिमखाना, स्वीमिड पुल, फुटसल, पटेक हाटबजार पनि माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ ।
माघ ७ गते देखि उपत्यकाका सवै सार्वजनिक सेवा लिनका लागि अनिवार्य खोपकार्ड अनिवार्य गर्ने र मास्क प्रयोग नगर्ने ब्यीक्तलाई सार्वजनिक यातायातामा प्रवेश निषेध गर्ने निर्णय पनि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले गरेको हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस