उपत्यका भित्रका धार्मिकस्थलमा नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १४:३८:०० मा प्रकाशित
काठमाडाैं । कोरोना संक्रमणको जोखिम वढन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय लिएका छन् ।
बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ । अहिलेलाई यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।
सवै प्रकारका आमसभा, जुलुस, सभा भेला वा धेरै मानिस सहभागी हुने कार्यक्रमहरु माघ मसान्त सम्म सञ्चालन गर्न नपाइने, गोष्ठि भेला सेमिनार गर्ने परेमा भर्चुअल माध्यमवाट गर्नुपर्ने जिप्रका ललितपुरले जनाएको छ ।
तिन वटै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल, डान्सवार माघ १५ गतेसम्म वन्द गर्ने निर्णय पनि गरेको छ । दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव,जिमखाना, स्वीमिड पुल, फुटसल, पटेक हाटबजार पनि माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ ।
माघ ७ गते देखि उपत्यकाका सवै सार्वजनिक सेवा लिनका लागि अनिवार्य खोपकार्ड अनिवार्य गर्ने र मास्क प्रयोग नगर्ने ब्यीक्तलाई सार्वजनिक यातायातामा प्रवेश निषेध गर्ने निर्णय पनि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले गरेको हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस