गाउँ सहर

स्रोत नखुलेको ३ लाख ६८ हजार सहित एक जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । स्रोत नखुलेको नगद सहित प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएकाे छ । बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता