अर्थतन्त्र

सुनचाँदीकाे मूल्य घट्याे, कति छ आजकाे बजार मूल्य

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत