गाउँ सहर

अटो दुर्घटनामा एक जनाको मृत्यु

काठमाडाैं । ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हाे । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त  २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।

प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता