प्रधानमन्त्री कप क्रिकेटमा आज चार खेल हुँदै
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | ०९:५७:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन् ।
टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।
दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । २ अंकको सुदूरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ ।
समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ । २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ ।
दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस