अर्थतन्त्र

नेपाल क्लियरिङ हाउस लिमिटेडको साधारण सभा, प्रस्ताव गरिएको ३८ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ ।

अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि पुँजी ५६ करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

गाउँ सहर संवाददाता