प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदै
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | ०८:०८:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएका छन् ।
त्रिवि मैदानमा हुने पहिलो खेलमा आज बिहान ९ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो एक बजे प्रदेश-२ र लुम्बिनी खेल्दैछन् ।
मूलपानीमा मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र प्रदेश-१ तथा दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेश दिउँसो एक बजे खेल्दैछन् । प्रतियोगितामा सहभागी भएका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ तथा समूह ‘बी’ मा एपीएफ क्लब, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस