ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १२:२५:०० मा प्रकाशित

काठमाडाैं । ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको हाे ।
उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहान साढे पाँच बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ - ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय बानियाँको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस