अष्ट्रेलिया पढ्न जान चाहनेहरूका लागि क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीकाे २५ दिने ‘अष्ट्रेलियन एड्मिसन मन्थ- २०२२’
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | ०८:५२:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी 'अष्ट्रेलियन एड्मिसन मन्थ- २०२२' को आयोजना गरेको छ ।
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आईरहेको इन्ष्टिच्युट अफ टेक्नोलोजीले यहि जनवरी ८ तारिखदेखि ३१ तारिख सम्ममा बागबजारमा अवस्थित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा अष्ट्रेलियन एड्मिसन मन्थ २०२२ को आयोजना गरेको हाे ।
त्यसका लागि अष्ट्रेलियाका बिभिन्न कलेजका प्रतिनिधि जनवरी ८ देखि ३१ तारिखसम्म अष्ट्रेलिया पढ्न जाने चाहने विद्यार्थी तथा बुझ्न चाहने अभिभावकलाई आवश्यक परामर्श, सल्लाह सुझाव दिइनुका साथै जिज्ञासाको समाधान गरिने क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले गाउँसहरलाई जानकारी दिए ।
लामो समयसम्म कोभिडका कारणले आफना अन्तराष्ट्रिय सीमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिड बिरुद्धको पुरा डोज खोप लगाएका अन्तराष्ट्रिय विद्यार्थीका लागि आफना सीमान पुनः सुचारु गरेसँगै नेपाली विद्यार्थीका लागि पनि उपयुक्त गन्तब्य भएकाे निर्देशक सिंखडाले बताए ।
महामारी अझै पनि अन्त्य भइनसकेकाेले उच्च सावधानीकासाथ विद्यार्थी र अभिभावकलाई २५ दिने परामर्श राखिएको कुरा सिंखडाले बताए ।
हरेक दिन फरक फरक शैक्षिक सस्थाको प्रतिनिधित्व गर्दै विद्यार्थीहरुलाई परामर्श प्रदान गरिने हुँदा कोरोना सङ्क्रमणको सम्भावना पनि कम हुने र आफूले खोजेको कलेज, कोर्ष र अवसरका बारेमा प्रत्यक्ष कलेज प्रतिनिधिसँगै साक्षात्कार गर्न पाइने हुँदा यो एड्मिसन मन्थ निकै नै उपयोगी हुने उनकाे विश्वास छ ।
भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको तथा विभिन्न संकायका ब्याचलरर्स लेभलका नतिजा पनि चाडै नै प्रकाशित हुने भएकाले विद्यार्थीहरुले आफनो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसीप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरुसँग परामर्श लिन पाउनु अत्यन्तै राम्रो हुने निर्देशक सिंखडा बताउँछन् ।
थप जानकारीका लागि तलको लिङ्कमा जानुहोस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस