गाउँ सहर
प्रतिकात्मक तस्बिर
कलंकी मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १०:२८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।
स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो ।
सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस