कांग्रेसको क्रियाशील सदस्यता निरन्तर वितरण गर्न माग
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | ०७:१७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई सशक्त बनाउन अहिलेदेखि नै क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने बताएका छन्।
क्रियाशील सदस्यहरु पार्टीका खम्बा भएकाले सदस्यता वितरणमा अहिलेदेखि नै जोड दिनुपर्ने नेताहरूको भनाइ थियो।
काठमाडौंमा मंगलबार आयोजित केही पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनीहरुले महाधिवेशन हुने वर्ष मात्र क्रियाशील सदस्यता वितरण गर्न नहुने धारणा राखेका थिए।
उनीहरूले आगामी निर्वाचनमा पनि उर्जासहित जनतामाझ पुग्ने हो भने कांग्रेसको बहुमत सुनिश्चित दाबीसमेत गरेका थिए।
त्यस्तै महाधिवेशनमा विभिन्न क्लस्टरबाट युवा केन्द्रीय समितिमा निर्वाचित हुँदै गर्दा यसले पार्टी रुपान्तरण अझ बढी सशक्त बनाउने समेत नेताहरुले बताए।
उनीहरुले ईआईसीटीले गरेको सर्वेक्षणको प्रशंसा गर्दै अहिलेको जमाना अनुसन्धानमा आधारित तथ्य तथ्याङककै भएको उल्लेख गरेका थिए।
कार्यक्रममा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सदस्यहरु ईश्वरी न्यौपाने, उदयशम्शेर जबरा, जिपछिरिङ लामा, चन्द्रमोहन यादव, सञ्जय गौतम, रमा कोइराला पौडेल, सरिता प्रसाईँ, प्रदीपकुमार सुनार लगायतको सहभागीता थियो।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस प्रकारका सर्वेक्षणले पार्टीलाई गतिशील एवं समय सापेक्ष बनाउने बताए।
ईआईसीटीले यसअघि कांग्रेसको १४ औँ महाधिवेशनका लागि मुलुकका ७० जिल्लाबाट केन्द्रीय महाधिवेशनका लागि र्यान्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिलाई सर्वेक्षणमा सहभागी गराइ प्रश्न सोधेको थियो।
महाधिवेशन प्रतिनिधिसहित जिल्लादेखि केन्द्रसम्मका निर्वाचित गरी करिब एक हजार दुई सय जनासँग कुराकानी र अन्तरक्रिया गरेर सर्वेक्षण प्रतिवेदन तयार गरी कांग्रेसलाई बुझाइने ईआईसीटीका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस