राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरूले ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सक्ने
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | २१:५६:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । प्रयोगकर्ताहरूलाई सेवा दिन खल्तीले बैंकसँग साझेदारी सम्झौता गरेको हो ।
यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब बिना झन्झट ‘खल्ती’ वालेट मा रकम राखी सबै प्रकारका भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँग भएको साझेदारीले बैंक तथा वालेटका ग्राहकवर्गलाई सरल र सहज भुक्तानी सेवा मिल्ने दाबी गरेका छन् ।
नेपाली फिनटेक उद्योगमा नवीन पहिचान बनाइरहेको खल्ती एपका प्रयोगकर्ता २० लाख नाघिसकेको छ । यो डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटको बील भुक्तानी गर्न सकिन्छ ।
६० हजारभन्दा धेरै सेवाहरू लिन डिजिटल भुक्तानी व्यवस्था मिलाएको खल्तीले जानकारी दिएको छ । खल्तीले प्रयोगकर्ताहरूलाई क्यास ब्याक तथा छुट लगायत अफरहरू पनि दिने गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस