राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरूले ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सक्ने
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | २१:५६:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । प्रयोगकर्ताहरूलाई सेवा दिन खल्तीले बैंकसँग साझेदारी सम्झौता गरेको हो ।
यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब बिना झन्झट ‘खल्ती’ वालेट मा रकम राखी सबै प्रकारका भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँग भएको साझेदारीले बैंक तथा वालेटका ग्राहकवर्गलाई सरल र सहज भुक्तानी सेवा मिल्ने दाबी गरेका छन् ।
नेपाली फिनटेक उद्योगमा नवीन पहिचान बनाइरहेको खल्ती एपका प्रयोगकर्ता २० लाख नाघिसकेको छ । यो डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटको बील भुक्तानी गर्न सकिन्छ ।
६० हजारभन्दा धेरै सेवाहरू लिन डिजिटल भुक्तानी व्यवस्था मिलाएको खल्तीले जानकारी दिएको छ । खल्तीले प्रयोगकर्ताहरूलाई क्यास ब्याक तथा छुट लगायत अफरहरू पनि दिने गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस