प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा : मन्त्री दाेबाटे
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | ०७:०२:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएकाे बताएका छन् ।
मन्त्री डोबाटेले सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण क्रममा उक्त कुरा बताएका हुन् ।
निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिए ।
सो क्रममा उनले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताए ।
आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिला मन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए ।
प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
प्रतिकृया दिनुहोस