राजनीति

महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता