गाउँ सहर

चर्चित र्‍यापर लाउरे न्युरोडबाट पक्राउ

काठमाडाैं । चर्चित र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको हो ।

लाउरे भनिने आशिष राना मगर पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । उनलाई लागु औषध सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै लागु औषध कारोबार गर्ने समूहका व्यक्तिहरूसमेत पक्राउ परेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता