अस्पतालको क्वाटरमा आगो बालेर सुतेका एकै परिवारका चार जनाकाे मृत्यु, तीन बेहोस
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | ११:०७:०० मा प्रकाशित
काठमाडाैं ।अस्पतालको क्वाटरमा आगो बालेर सुतेका एकै परिवारका चार जनाकाे मृत्यु, तीन बेहोस भएका छन् । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उनले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीसंगै घटनास्थलमा रहनु भएका प्रजिअ खत्रीले घट्नाका बारेमा अनुसन्धान भैरहेको जनाउँदै मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै आउने बताए ।
एउटै कोठामा बसेका उनीहरुले राती आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको बढी आशंका गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जनाएका छन् ।
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार स्टोरको कर्मचारीले आवश्यक काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले बताउनुभयो । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ ।
भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांँकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहित परिचालन गरेर अनुसन्धान अगाडी बढाए प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
प्रतिकृया दिनुहोस