कोटेश्वरस्थित नरेफाँटबाट ६ जुवाडे प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १३:३८:०० मा प्रकाशित

काठमाडौं । जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । कोटेश्वरस्थित नरेफाँटमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको हाे ।
हिजाे राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारि दिएका छन् ।
पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ४३ हजार नगद र १२ बुक तास बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस